Monday, July 6News That Matters

लथालिङ्गै छाडेका बाल संगठनलाई धेरै सुधार गरेका छौ ः उपाध्याय

पूर्णपुष्टि, माघ १८

नेपाल बाल संगठनकी केन्द्रिय अध्यक्ष विद्या उपाध्याय ( न्यउपानेले ) बेवारिसे अवस्थमा छाडेको बाल संगठनलाई क्रमश सुधार गर्दै आएको बताउनुभयो । नेपाल बाल संगठन जिल्ला कार्यसमिति बाल मन्दिर उदयपुरको आठौँ जिल्ला सभामाका प्रमुख अतिथिको रुपमा उदयपुर आउनुभएकी उपाध्यायले बिभिन्न कार्यकालहरुमा सुधार हुन नसकेको संगठन हाल ६ महिनाको अवधिमा केहि फेरिएको बताउनुभयो ।

थुप्रैले नेतृत्व गरिसकेको संगठनलाई जिरो बाट सुधार गर्न धेरै चुनौती रहेको उहाँले बताउनुभयो । नेतृत्व गर्ने व्यक्तिहरुकै लापर्वाही र व्यक्तिगत स्वार्थका कारण संगठन सुधार हुनु पर्ने अवस्थामा झन लथालिङग अवस्थामा पुगेको उहाँको भनाई छ । संस्थाको कम्जोरी नभई यो बिभिन्न व्यक्तिहरुले भाँडोको रुपमा प्रयोग गरेको हुँदा संगठनले सहज रुपमा निरन्तर पाउन नसकेको बताउनुभयो ।

आफुले नेतृत्व गरेको ६ महिना भईरहँदा थुप्रै सेवा सुविधाहरुमा सुधार ल्याएको र थप सुधारका लागि पहल भईरहेको उहाँले बताउनुभयो । संगठनले निष्पक्ष रुपमा गर्नु पर्ने निति निर्देशन र काम कार्वाहीहरु सांगाठानिक तवरले नचलिरहेको अवस्थामा आफुले एक्कासी संगठन सम्हाल्नु पर्दा ठुलो चुनौती र दुखहरु भोग्नु परेको उहाँले बताउनुभयो । अहिले संगठनले ७७ ओटै जिल्लाहरुमा बाल संगठनको विस्तार र संक्रिय संञ्चालनमा बिषेश जोड गरेका छन् । उहाँले आफुले नेतुत्व गर्ने बेलामा संगठनको कुनै पनि गतिविधिहरु सक्रिय नरहेको कार्यालयहरुको नाजुक अवस्था र कुनै निकायहरुले चासो नदिरहेको अवस्थामा बाल संगठनको जिम्मेवारी लिएर यसको सुधारमा लागि परेको बताउनुभयो । ६ महिनाको रातदिन बाल संगठन प्रतिको सोचाई र काम गराईले  धेरै कुराहरुलाई सुधार गरिसकेको उहाँको भनाई छ ।

विगतमा संगठनको काम कार्वाहीले बाल बालबालिकाहरुको भविष्यमा समेत असर पुगेको थियो ।

संगठनमा पहिलेको नेतृत्वहरुमा बालबालिकाहरुलाई स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन र बिषेशतया खानपानमा ध्यान नपुगेको उहाँले बताउनुभयो । आफ्नो नेतृत्वको पहिलो प्रयासमै बालबालिकाहरुलाई खानपानमा बिषेश ध्यान दिएर संगठनले काम गरेको बताउनुभयो । विगतका संगठनले  निष्पक्ष र सक्रियाताका साथ काम नगर्दा बालबालिकाहरुले सडे गलेका खाद्यन्हरुमा समेत भोक टारेको उहाँले बताउनभुयो ।

आफु आईसकेपछि सबै भन्दा पहिले खानपानलाई गुणस्तर गरी स्वच्छ सफा र प्रोटिन युक्त खानपानमा समेत ध्यान पुराएको बताउनभुयो । अहिले बालबालिकाहरुको पहिलो आधारभुत आवश्यकताको रुपमा खडा भएको खानपान, लक्ता कपडा, शिक्षा, स्वास्थ्य, मनोरञ्जन र खेलकुद समेतको पहुँच पुगेको उहाँले बताउनुभयो ।

नेपालको कुनै एक ठुलो समस्या हो भने त्यो बाल बालिकाको समस्या पनि प्रमुख समस्याको रुपमा खडा भएको सरकारलाई ध्यानाकर्षण गराउनु भएको छ । बाल संगठन निरन्तर बालबालिकाको निम्ति काम गर्ने संस्था भएको कारण यसलाई कसैले असहयोग र हस्तक्षेप गर्नु नमिल्ने बताउनुभयो ।

अहिले नेपालको सन्दर्भमा बाल संगठनको जग्गाहरु विद्यालयले हडप्ने काम गरिरहेकोमा उहाँले आपत्ति समेत जनाउनुभयो ।

उहाँले यो समस्या देशका सबै जिल्लाहरुको समस्या भएको बताउँदै संगठनले यस प्रति गहिरो ध्यानाकर्षण गरेको बताउनु भएको छ । बालबालिकाहरुलाई संरक्षण दिनु पर्ने जग्गाहरुमा विद्यालय र केहि व्यक्तिहरुको गिद्धे दृष्टि अन्त्य हुनु पर्ने उहाँको माग छ ।

उहाँले उदयपुर समेत यो समस्याबाट अछुतो नरहेको भन्दै यहाँका राजनितिक दल, नागरिक, शिक्षक, स्थानीय सरकार, प्रशासन सबैलाई यस बिषयमा कुरा उठाई बाल गृह व्यवस्थामा लागि पर्न अनुरोध समेत गर्नुभयो ।

जिल्ला सभा कार्यक्रमका अन्य अतिथि बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा, नेकपा नेता परमेश्वर घिमिरे, बाल संगठनका पुर्व सभापति मदन कटुवाल, महेश्वरी राई, नेत्र ज्योति संघका अध्यक्ष भगत राउत, १६ नं वडाका वडा अध्यक्ष मान वहादुर राई लगाएतले उदयपुरमा रहेको बाल संगठनको जग्गामा कसैको पनि हक अधिकार नचल्ने बताउनभुयो । बाल मन्दिर विद्यालयमा भएको बाल संगठनको जग्गाको लागि सबैले निष्पक्ष रुपमा कुरा उठाउने र बाल गृह संगठन बनाउने कुरामा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल बाल संगठन कार्यसमिति बाल मन्दिर उदयपुरका सभापति भुवन दाहालले कार्यक्रमको उदेश्य र काम कार्वाहिको प्रतिवेदन समेत प्रस्तुत गर्नुभयो । आठौँ जिल्ला सभा कार्यक्रमले नयाँ कार्यसमिति समेत चयन गर्ने सभापति दाहालले बताउनुभयो । यस सभाले ८ जनाको कार्यसमितिमा नयाँ नेतृत्व समेत चयन गर्ने दाहालले बताउनभुयो ।