Wednesday, April 22News That Matters

नेपाल–भारत भिडन्त : सेमिफाइनल टिकट दाउमा

पूर्णपुष्टि, साउन ८ । एसीसी वुमन्स एसिया कप २०२४ अन्तर्गत आज नेपाल र भारत बीच निर्णायक भिडन्त हुँदैछ। नेपालको समूह चरणको यो अन्तिम खेल सेमिफाइनल प्रवेशका लागि महत्त्वपूर्ण छ। खेल नेपाली समयानुसार साँझ ७:१५ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेलमा यूएईलाई हराएको थियो, तर पाकिस्तानसँग पराजित भयो । सेमिफाइनल पुग्न नेपालले आजको खेल जित्नुपर्ने अवस्था छ। समानान्तर खेलमा पाकिस्तान र यूएई भिड्दैछन्। यी दुई खेलको नतिजाले सेमिफाइनलिस्ट टोलीहरू निर्धारण गर्नेछ।