
पूर्णपुष्टि,माघ ९ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीनजना पाइलटलाई निलम्बनमा परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्न दिएको निर्देशनपछि पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरे निलम्बनमा परेका हुन् ।
प्राधिकरणका सूचना अधिकारी जगणनाथ निरौलाले भने, “शुक्रबार हङकङमा विमानस्थलमा विमान अवतरण गर्ने कक्रमा एटीसीको निर्देशण अटेरी गरेर जोखिमपूर्ण तरिकाले विमान अवरण गरेपछि कारबाही गर्न भनेका हौँ ।”
निगमकी प्रवक्ता अर्चना खड्काले प्राधिकरणले कारबाही गर्न निर्देशन दिएपछि उनीहरू निलम्बनमा परेको जानकारी दिइन् । उनीहरूलाई कारबाही गर्ने–नगर्ने भन्ने बारेमा थप अध्ययन हुने उनले बताइन् ।
