Saturday, June 13News That Matters

जनकपुरमाधाममा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन

पूर्णपुष्टि,माघ ९ । जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन्।
भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले प्रदर्शन गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको आइतबार बिहान साढे २ बजे शव फेला परेको थियो । स्थानीयले घटनाको बारेमा स्थानीय प्रहरीलाई बताउँदा समेत प्रहरीले बेवास्ता गरेको पीडित पक्षको आरोप छ। उनीहरूको शव फेला परेपछि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आन्दोलन गरेका थिए।

भारतको सितामढी जिल्ला बेला परिहारमा गाडिएको अवस्थामा फेला परेका थिए। गत पुस २७ गते नै भारतमा आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका थिए। त्यसको केही दिनपछि साहका परिवारले प्रहरीलाई खबर गरेको थियो । भारतीय प्रहरीसँग समन्वय गरी प्रहरीले अनुसन्धान गरिरहँदा उनीहरूको शव फेला परेको हो।

यसमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नेपाल र तीन जनालाई भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।