Monday, September 7News That Matters

कुन जहाज, कति बजे, कहाँ ‘डिले’ भयो रिपोर्ट चाहियो : पर्यटनमन्त्री सुदन किराँती

पूर्णपुष्टि,माघ ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्ना जहाजहरूको रिपोर्ट हरेक दिन मन्त्रालयमा पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन् ।

सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरूको स्वागत कार्यक्रममा बोल्दै उहाँले नेपाल वायुसेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाइ गर्न नहुने बताए। कुन जहाज, कति बजे, कहाँ डिले भयो भन्नेसम्मको रिपोर्ट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किराँतीको कडा निर्देशन दिएका छन्।

निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफूसमक्ष पेस गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए। गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो।

प्रत्येक दिन यहाँको रिपोर्ट हामीलाई चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घन्टा डिले भयो रु किन भयो रु कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काट्यो ? त्यो रिपोर्ट हामीलाई चाहिन्छ।’