Saturday, June 13News That Matters

समयमा जहाज उडाउनुहोस,समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री किराँती

पूर्णपुष्टि,माघख ९ । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निर्देशन दिनुभएको छ ।

वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किराँतीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्त्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिनुभएको हो । उहाँले निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिनुभयो । कुन जहाज कतिबेला उडे ? कहाँ रोकिए ? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्नँ, विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्त्व हुन्छ, तोकिएको समयमै जहाज उडाउनुहोस्, नेपाली समयलाई बदनाम नगराउनुहोस्,उहाँले भन्नुभयो।

मन्त्री किराँतीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि अध्यक्ष अधिकारीलाई निर्देशन दिनुभयो । ुजहाज अब उप्रान्त समयमै उड्नु पर्छ, हिजो के भयो त्यो म हेर्दिनँ, जहाज स्टार्ट भइसक्यो अब रोकिनु हुँदैनु, उहाँले भन्नुभयो, नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैँ साथ दिन्छु ।