Saturday, June 13News That Matters

ब्राउन सुगर सहित ३ युवक पक्राउ

पूणपुष्टि, माघ ९ गते । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अटो चालक २४ बर्षीय अजय तामाङ, अटोमा सवार १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजबंशी रहेका छन् ।हिजो साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरेको हो । चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भईरहेको छ ।