
उदयपुर
पूर्णपुष्टि,माघ ९ । जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेमा आगामी माघ महिनाको १४ गते देखि २१ गते शनिवार सम्म प्रथम वडा अध्यक्ष गोल्ड कप7A, साइड फुटबल प्रतियोगिता हुने भएको छ । बोक्सेमा अवस्थित गंगा खेल मैदानमा वडा युवा तथा खेलकुद विकास समिति बोक्सेको आयोजना र ग्राउण्ड रिपोर्टिङको समन्वयमा प्रतियोगिता हुने भएको हो ।
खेल मैदानको क्षमता र अखिल नेपाल फुटवल संघ(एन्फा) को नियम अनुसार एक टिमबाट ७ जना मात्र खेलाडी (7A)मात्र प्रवेश पाउने गरि गोल्डकपको आयोजना गर्न लागिएको वडा अध्यक्ष किरण पाण्डेले जानकारी दिए ।
प्रतियोगितामा बिभिन्न जिल्ला गरी आठ टिमको सहभागिता रहने वडा खेलकुद विकास समितिले जनाएको छ । समितिका अनुसार खेलको बिजेता टिमले नगद १ लाख सहित ट्रफि,प्रमाण पत्र पाउँने छन् भने उपबिजेताले नगर ५० हजार सहित ट्रफि,प्रमाण पत्र पाउँने वडा खेलकुद बिकास समितिका अध्यक्ष हरि चन्द्र राईले बताए ।
प्रतियोगिताको खेल तालिकालाई दुई भागमा विभाजन गरिएको छ । जसअनुसार ‘ए’पोलमा कटारी फुटवल क्लव, चौदण्डीगढी नगरपालिका, गाईघाट फुटवल क्लव र ए.पि.एफ पूर्वाञ्चल सुनसरी रहेको छ । यता ‘बि’पोलमा गालेबजार स्पोर्टस क्लव, पशुपति प्रसाद गण बोक्से, फ्युजन फुटवल क्लव र प्रोग्रेसिब युवा क्लव फत्तेपुर रहेका छन् । उदयपुर जिल्लमा 7A side कप प्रतियोगिता हाल सम्मको सबै भन्दा ठुलो 7A side कप रहेको आयोजकले बताए । प्रतियोगिता आउने शनिवार दिउँसोको १ बजे देखि सुरु हुने छ ।
प्रतियोगिताको खेल तालिका

