Thursday, June 18News That Matters

नेपाल विद्यार्थी संघको ५४औँ स्थापना दिवसको अवसरमा फलफुल वितरण

पूर्णपुष्टि,बैशाख ६ । नेपाल विद्यार्थी संघ उदयपुरको आयोजनामा ५४औँ स्थापना दिवसको अवसर परी आज जिल्ला अस्पताल उदयपुर र शान्तिधाममा अध्यायनरत विद्यार्थीहरुलाई फलफुल वितरण गरिएको छ । बुधवार संघले राष्ट्रिय भुमि आयोग नेपाल उदयपुरका अध्यक्ष बल बहादुर तामाङको नेतृत्वमा र जिल्ला अस्पताल उदयपुरका उदयपुरका प्रमुख ज्ञानेन्द्र झाको सहकार्यमा अस्पतालका ५१ जना बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको हो ।

अस्पतालमा रहेका बिरामी तथा प्रसुती गृहमा रहेका सुत्केरी महिला र शान्तिधाम उदयपुरमा रहेका विद्यार्थीहरुलाई फलफूल बितरण गरेको विद्यार्थी संघ उदयपुर सदस्य चेतन पोखरेलले बताए । उक्त कार्यक्रममा योगेश खनाल जयप्रकास चौधरी लगाएत संघका जिल्ला कमिटि सदस्यहरुको रोहवरमा संयुक्त रुपमा बिरामी तथा विद्यार्थीहरुलाई फलफुल वितरण गरिएको थियो ।