Thursday, April 23News That Matters

नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा उदयपुरका रसाईली चयन

पूर्णपुष्टि, ४ चैत्र ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा उदयपुरका व्यवसायी रमेश रसाईली चयन भएको छ । रसाईलीको नेतृत्वमा …. कार्यसमिति चनन भएको हो । रसाईली उदयपुर गाईघाट स्थित रुजल ज्वेलर्सको संञ्चालक तथा त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अध्यक्ष समेत हुन् । रसाईली लामो समयदेखी गाईघाटमा सुनचाँदी व्यवसाय गर्दै आएका सफल ब्यपारी हुन् । उनी प्रदेशको दोस्रो, तेस्रो र चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा चयन बनेको हो ।

यहि चैत्र ३ गते इटहरीमा भएको अधिवेशनमा रसाईली नेतृत्वमा उपाध्यक्षमा लिला बहादुर विश्वकर्मा, शशि भुषण शाह, सचिवमा कुमार श्रेष्ठ, महासचिवमा मिन व गहतराज बि.क, कोषाध्यक्षमा मनोज कुमार अग्रवाल, सहकोषाध्यक्षमा बाबुराम विश्वकर्मा रहेका छन् भने सदस्यहरुमा राजु विश्वकर्मा, मोहन गजमेर, लाल बहादुर विश्वकर्मा, रोहित वहादुर विश्वकर्मा, आलोक राठोर रहेका छन् । यता महिला सदस्यमा सुजना शंकर रहेकी छिन् ।