Sunday, June 14News That Matters

नेप्से करिब साढे ५ अङ्कले बढ्यो

पूर्णपुष्टि, कात्तिक १८

आज शेयर बजार परिसूचक नेप्से साढे ५ अंकले बढेको छ । नेप्से ५.४० अङ्कले बढेर १६ सय ४३.०४ विन्दुमा पुगेको छ ।
बैंक र विकास बैंक बाहेक सबैजसो समूहको शेयर बढेको छ । निर्जीवन बीमा समूहको शेयर १ सय ७६, व्यापारको ५५ र अन्य समूहको शेयर १४ अङ्कले बढेको छ ।

१ सय ९८ कम्पनीका ७७ लाख ५७ हजार कित्ता शेयर २ अर्ब २३ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर १० करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त वित्तीय संस्था, पाँचथर पावर कम्पनी र शिवश्री हाइड्रोका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।
समग्र बजार बढे पनि महालक्ष्मी बैंक र दिव्येश्वरी जलविद्युतका लगानीकर्ताले साढे २ प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।