
पूर्णपुष्टि, चैत ३०
आज शेयर बजार परिसूचक नेप्से बढेको छ । नेप्से १७.२० अङ्कले बढेर २६ सय ९१.५५ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो ।
यसअघि नेप्से चैत २२ गते २६ सय ५७ विन्दुसम्म पुगेको थियो । बैकिङ समूहको शेयर १७.८१ अङ्कले, विकास बैंकको शेयर ३९.३६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ६३.७६ अङ्कले, माइक्रोफाइनान्सको शेयर एक सय ८८.५६ अङ्कले र जीवन बीमा समूहको शेयर एक सय ९७.७९ अङ्कले बढेको छ ।
दुई सय १६ कम्पनीका एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता शेयर सात अर्ब ६१ करोड आठ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै एनआईसी एसियाको २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावरलगायत पाँच कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि सान्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
