
पूर्णपुष्टि, असोज १४
आज शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । नेप्से ३.१९ अङ्कले घटेर १५ सय ५०.४३ विन्दुमा झरेको हो ।
विकास बैंक, जलविद्युत् र फाइनान्सबाहेक अरु समूहको शेयर सामान्य घटेको छ । जीवन बीमा समूहको शेयर ३५.७, निर्जीवन बीमा समूहको ५१.५५ र व्यापार समूहको शेयर ११ अङ्कले घटेको छ ।
बुधबार एक सय ९० वटा कम्पनीका ८० लाख १९ हजार कित्ता शेयर एक अर्ब ९५ करोड रुपैयाँमा खरिद बिक्री भए । आठ वटा हाइड्रोपावर र दुई विकास बैंकको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले जनाएको छ ।

