
पूर्णपुष्टि, असोज १४
नेपालमा आज थप एक हजार पाँच सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७७ हजार आठ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार दुई सय पाँच जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५९ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार ५७ जना जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार चार सय २८ पुगेको छ ।
अब नेपालमा २० हजार आठ सय ९१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय २८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

