
पुर्णपुष्टि,असोज १४
विराटनगरमा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर गाउँपालिका–२ का ५० वर्षीय पुरुष र इटहरी उपमहानगरपालिका–५ का ७३ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

आज बिहान नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा सुनसरीको ५० वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि असोज ९ गते अस्पताल भर्ना गरिएको जनाएको छ । उपचारकै क्रममा स्वाब संकलन गरेर पीसीआर परीक्षण र्गदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
इटहरीबाट उपचारका लागि ल्याइएका ७३ बर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा आज मृत्यु भएको हो । उनलाई आज अस्पताल भर्ना गरि उपचार सुरु गरेको डेढ घण्टा नपुग्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनको आज १२ः३५ बजे मृत्यु भएको हो । उनमा कोरोनान पुष्टि भएसंगै श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बिहान ११ बजे कोभिड अस्पताल ल्याइएको थियो ।

