Sunday, June 28News That Matters

लागुऔषधसहति १ जना पक्राउ

पूर्णपुष्टि, असोज १४

मोरङमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । दरैयाबाट ३६ बर्षीय दिपक तामङ लागुऔषध सहित पक्राउ परेको हो ।
हिजो साँझ पौने ७ बजे मोटरसाईकलमा रहेका तामाङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट स्पास्मो १० चक्की, निट्रोभेट १० चक्की र डाईलेक्स –डिसी ३ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेका तामाङ्माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।