Thursday, June 18News That Matters

नेप्से ४ अंकले बढ्यो

पूर्णपुष्टि, कात्तिक २४

आज सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेप्से ४.२२ अंकले बढेर १ हजार ६ सय ५२.८० अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने घटेको छ । ०.६१ अंकले सेन्सेटिभ ओरालो लागेको हो । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत आइतबारको तुलनामा सोमबार बढेर करिब ३ सय ७० करोड पुगेको छ ।

दिनभर भएका ४१ हजार ४९ कारोबारबाट १ सय ९५ कम्पनीका १० लाख ३५ हजार ३ सय १३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७ सय २६ रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेभ भएको छ । धेरै कारोबार हुने दोस्रो नम्बरमा भने नेपाल दूरसञ्चार प्राधिकरण देखिएको छ ।