
पूर्णपुष्टि, असार १३
सर्वियन खेलाडी नोभाक जोकोभिचका प्रशिक्षक गोरान इभानीसेभिकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्व नम्वर एक टेनिस खेलाडीका व्यक्तिग प्रशिक्षक तथा पूर्व विम्बल्डन च्याम्पियन गोरानलाई शुक्रबार कोरोनाको पुष्टि भएको हो ।
अघिल्लो हप्ता एड्रिया टुर अन्तर्गत जोकोभिचसँग क्रोयसिया पुगेका गोरानको परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । सामाजिक सञ्जालमा आफूलाई कोरोना देखिएको र सेल्फ आइसोलेसनमा रहेको उनले बताएका छन् ।
