Tuesday, June 30News That Matters

वाह नेता ज्यु वाह

उदयपुरे ब्रो सुमन 

खाडी बाट कयौ छोराहरुको

लास बाकस मा आउँदा

एक थोपा आँसु नझर्ने

त्यो तपाईंको आँखा अनि

ढुङ्गा जस्तो मनमा

आज

बिदेशी बुहारीको चिन्ता

कति धेरै भाको हो

दलालको पन्जामा परि

हजारौ देश भक्त छोराहरु

आज यो बिसमपरिस्थितिमा

खाडीमा आफ्नो

अस्तित्व हराएको

कुहिरोको काग भैरहदाँ

तपाईलाई

आफ्नो छोराको भन्दा

बुहिरीको पहिचानको

चिन्ता छ

तपाईहरु जस्तो

नेता कहाँ पाइयला

अन्त कतै ?

वाह नेता जि वाह

छिमेकीले

देशको सिमा चिमोटेर

नेपाल आमा रोइरहेको बेला

तपाईहरुलार्इ भने

मातृभुमिको अस्तित्वको

चिन्ता नभई

भोलि कुर्सीको

चिन्ता भोटको चिन्ता

बिदेशी बुहारिले

ल्याउने दाइजो रुपि

नोटको चिन्ता

वाह नेताज्यु वाह

दुनियाँ भरी

कोरोना कहरले

गरिब जनता

रोग अनि भोकले

पिल्सिएको बेला

तँपाइहरुलार्इ भने

स्वास्थ सामग्री किन्दा समेत

कमिसनको चिन्ता

यस्ता बुद्धिको भाँडोमा

बिर्को लागेकालाई माथी

पुर्याउनु गल्ती त जनता कै थ्यो

तर

याद राख्नुस

पृथ्वी गोलो छ

कुनै दिन जनताको पनि

पालो अबस्य

आउला

लाजमर्दो राजनीति

अन्त कहिँ भेटिदैन

सायद यस्तो

विवेक भएका नेता गण

तेसैले फेरिपनी

वाह नेताज्यु वाह