Tuesday, June 9News That Matters

नेशनल लाईफ इन्स्योरेन्स गाईघाट शाखाद्धारा १४ लाख बराबरको मृत्यु दावी चेक हस्तान्तरण

पूर्णपुष्टि, पौष १४

नेशनल लाईफ इन्स्योरेन्स गाईघाट शाखाले म्यादी बैदेशिक रोजगार बिमा अन्तरगतको चेक मृतक परिवारलाई हस्तान्तरण गरेको छ । शाखाले १४ लाख बराबरको चेक मंगलबार परिवारलाई हस्तान्तरण गरेको हो ।

गाईघाट स्थित शाखा कार्यालयमै परिवारलाई उपस्थित गराई शाखाका प्रमुख प्रेम कुमार राईले चेक हस्तान्तरण गर्नुभयो ।

मृतककी श्रीमती चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडाँकी रोजिना विश्वकर्मालाई चेक हस्तान्तरण गरिएको छ ।

रोजिनाको श्रीमान हर्क बहादुर विश्वकर्मा २०७४ चैत्र ७ गते बैदेशिक रोजगारको क्रममा मलेसिया प्रस्थान गरेका थिए । बेस्ट वर्क प्रेसिजन जोहर कम्पनीमा कार्यरत हर्क बहादुरले झुन्डिएर आत्माहत्या गरेको परिवारले जनाएको छ । २५ बर्षिय हर्क बहादुरले गत भदौ १७ गते मलेसियामै झुन्डिएर आत्माहत्या गरेको परिवारको भनाई छ । बैदेशिक रोजगारको क्रममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा हर्कबहादुरले इन्स्योरेन्स गरेका थिए । बैदेशिक बिमा बापतको १० लाख र थप सेवा सुविधा बापतको ४ लाख गरी मृतकको परिवारलाई १४ लाख बराबरको चेक बुझाईएको गाईघाट शाखाका प्रमुख प्रेम कुमार राईले बताउनुभयो ।

राईका अनुसार पहिले त्यो वेला म्यादी बैदेशिक रोजगारमा १० लाख बराबरको बिमा गराउने गरेको जनाउनुभयो । तर अहिले भने नेपाल सरकारले बढाएर १५ लाखको पुराएको राईको भनाई छ । हर्क बहादुर बिश्वकर्माको भने ४ लाख थप सेवा सुविधा बापत गरी १४ लाख पुगेको कम्पनीले जनाएको छ ।

चेक हस्तान्तरण सँगै शाखा प्रमुख राईले बिमा सबै क्षेत्रको व्यक्तिहरुका लागि अपरिहार्य रहेको सुझाउनुभयो ।

बिमाले नास नगराउने बरु बचतमा टेवा पुराउनाले सफल भविष्यको पहिलो कदम नै बिमा रहेको उहाँले बताउनुभयो । राईले सम्पूर्ण नेपाली नागरिकहरुलाई सुरक्षित बविष्यका लागि बाराम्वार बिमा गर्न अनुरोध समेत गर्दै आउनुभएको छ ।

कार्यक्रममा गाईघाट शाखाका बजार प्रबन्धक केवि ठकुरी सहितले चेक हस्तान्तरण गर्नुभएको थियो ।