Wednesday, June 10News That Matters

नेशनल लाईफ गाईघाट शाखाले दियो म्यादि विमा दावी बापत मृतक परिवारलाई १३ लाख

पूर्णपुष्टि, असार ११
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाले म्यादी विमा दावी स्वरुप खोटाङका एक मृतक परिवारलाई १३ लाख बराबरको चेक प्रदान गरेको छ । खोटाङ जन्तेढुंगा गाउँपालिका ५ छेतुवाका मृतक परिवार बुबा र आमालाई गाईघाट शाखा प्रमुख प्रेम कुमार राईले चेक प्रदान गर्नुभयो ।

शाखा प्रमुख राईले कार्यालयमै बोलाएर मृतक मनोज राईकोे बुबा जस बहादुर राई र आमा पवि माया राई लाई १३ लाखको चेक प्रदान गरेको हो । चेक बाबु आमालाई आदी आदी गरी दुवैजनालाई प्रदान गरिएको हो । दुवैलाई ६ लाख ५० हजारको दरले आदी आदी रकम प्रदान गरिएको प्रमुख राईले जनाउनुभयो । श्रीमती नभएको अवस्थामा बाबु आमा दुवैको हक लाग्ने भएका कारण रकम बराबर प्रदान गर्नु पर्ने विमाको प्रावधान रहेको राईको भनाई छ ।

२३ बर्षिय मनोज वैदेशिक रोजगाराको शिलशिलामा माघमा कतार प्रवेश गरेका थिए । तर कोरोनाका कारण मनोज ९ महिनामै नेपला आए । उनि नेपाल आएर केहि गर्ने शिलशिलामा थिए । केहि कामको प्रयास पनि गरे । तर असफल हुँदै गएपछि उनि भौतारिरहेको परिवारको भनाई छ । मनोज खोटाङ घरबाट काठमाण्डौँ जाने शिलशिलामा आदिवाटोमै विपत्ता भएका थिए । पछि उनको खोजतलास गर्दा पत्ता नलागेपछि गाडीचालकले प्रहरीलाई खवर गरेका थिए । पछि उनलाई प्रहरीले बर्दिवासको जंगलमा मृत फेला पारेका थिए । म्यादी विमा भनेको वैदेशिक रोजगारको शिलशिलामा गरिने विमा हो । यसलाई नेपाल सरकारले अनिवार्य बनाएको छ । कुनै निश्चित म्याद अवधि रहने यस विमा हरेक विदेशिने व्यक्तिहरुले निश्चित म्याद राखी विमा गर्ने प्रावधान छ ।

दुर्घटनामा मृत्यु भएको देवेन्द्रको परिवारलाई पनि ११ लाख बढी रकम हस्तान्तरण

४ बर्ष अगाडी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा गरेको जिवन विमा वापत मृतक देवेन्द्रको परिवारले ११ लाख ६१ हजार रकम प्राप्त गरेको छ । रौतामाई गाउँपालिका २ का देवेन्द्र शाहीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो । शाहीले ४ बर्ष अगाडी नेशनल लाईफ इन्स्योरेन्स गाईघाटमा बार्षिक ९० हजारका दरले १० लाखको जिवन विमा गरेका थिए ।

गाईघाटका शाखा प्रमुख प्रेम कुमार राई सहितको टोलीले मृतक परिवारको घरमै पुगी बुबा तिलक बशादुर शाहीलाई मृत्यु दावी वापतको रकम प्रदान गर्ने काम गरेका थिए । रकम वडाअध्यक्ष होम बहादुर दाहाल लगाएत गाउँको भद्र भलाद्मी तथा बौद्धिक ब्याक्तीत्वहरुको उपस्थितिमा हस्तान्तरण गरिएका थिए ।