Thursday, June 18News That Matters

नेस्पेशद्धारा साइवर सचेतना समन्धी कार्यक्रम सम्पन्न

बिज्ञान पराजुली
उदयपुर,वैशाख २५ । नेपाल सामाजिक बिकास तथा जनसशक्तीकरण केन्द्र९नेस्पेक० उदयपुरको आयोजना र त्रियुगा नगरपालिका वडा न २ को सहयोगमा साइवर सचेतना समन्धी कार्यक्रम सम्पन्न गरिएको छ । पछिल्लो समय साइवर अपराधका घटना बढ्दै गएको र त्यसलाइ न्यूनीकरण गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एस पि ग्यानेन्द्र फुयालले हिजो आज इन्टरनेटको लत भयंकर बस्ने गरेको र त्यस्लाइ सहि सदुपयोग गर्न नसक्दा साइवर अपराधको घटना बढ्ने गरेको बताउनु भयो।। एस पि फुयालले सामाजिक संजालको दुरुपयोग गरि , विभिन्न प्रलोभनमा पार्ने गिरोह नि सक्रिय रहेकोले कोहि कसैले चिठ्ठा , उपहार परो भनी कसैले ब्यक्तिगत बिवरण मागे त्यस्ता कुराको बिश्वास नगर्न आग्रह गर्नु भयो । त्यस्तै वडा न २ का अध्यक्ष घमानसिङ खत्री (धुर्ब)ले त्रिनपाको २ नम्बर वडा लागू पदार्थ ओसारपसारको ट्रान्जिन्ट पोइन्ट जस्तो भएकोले शान्ती सुरक्षामा चुनौती रहेको भन्दै आफ्नो वडामा सुरक्षा प्रबन्धका लागि विशेष पहल गरिदिनु हुन आग्रह गर्नुभयो ।

साइवर अपराधमा सन्चारको उत्तिकै भुमिका हुने भन्दै पत्रकार महासङ्ग उदयपुरका अध्यक्ष भरत खड्काले, सामाजिक सन्जाललाई राम्ररी बुझ्न नसके त्यस्ले ठूलो समस्या आइपर्ने बताउनु भयो।अध्यक्ष खडकाले कोहि कसैले पनि हतारमा कोहि कसैप्रती टिप्पणी नगर्न आग्रह गर्नु भयो। जनचेतनाको अझै कमि रहेको भन्दै उहाँले एस्ता कार्यक्रम विशेषगरि किसोर किशोरी लक्षित गरि बिद्यालय, गाउ टोल समुदायमा सन्चालन गर्दा अझ प्रभाकारी हुने धारणा राख्नु भयो। द्दण्छघ सालदेखी सामाजिक सेवामा कार्य गर्दै आएको नेस्पेक उदयपुरले बाल हेल्पलाइन १०९८ निसुल्क रुपमा संचालन गरेको सस्थाका अध्यक्ष एबम त्रिनपा २ का वडा सदस्य अर्जुन पोखरेलले जानकारी दिनुभयो । वडा न. २को सभाहलमा भएको कार्यक्रममा टोल बिकास सस्थाका प्रतिनिधि, स्थानीय बुद्दिजिवी पत्रकार , सुरक्षाकर्मी बिध्यार्थी लगाएत ज्ञण्ण् जनाको उपस्थिती रहेको थियो। आज सम्पन्न सो कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले ट्राफिक नियम, दुर्घटना न्यूनीकरण , सडक र सवारी बारे विशेष भिडियो रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।