Wednesday, June 10News That Matters

नोबेल अस्पताल विराटनगरमा २ कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि, कार्तिक १९ 

विराटनगरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । इलामको चुलाचुली–६ की ८४ वर्षीया वृद्धा महिला र झापाको दमक–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनीहरुको आज बिहान नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताले जनाएको छ ।

झापाका ६४ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताले जनाएको छ । उनी बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी हुन् । उनमा दमको पुरानै समस्या रहेका साथै श्वास फेर्न गाह्रो भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनअघि नै उनमा  कोरोना पुष्टि भएको थियो ।

अस्पतालका अनुसार उनीमा दमको पुरानै समस्या रहेको साथै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार भर्ना भएकी थियो । सोही दिन उनमा कोरोना पुष्टि भएको थियो । उक्त वृद्धाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।