Wednesday, June 10News That Matters

निर्वाचन जितेको ट्रम्पको दावी

पूर्णपुष्टि, कात्तिक १९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सकिएको निर्वाचन आफूले जितिसकेको दाबी गरेका छन् । आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले निर्वाचन जितिसकेको दाबी गरेका हुन् ।
धेरै मानिसको मताधिकार खोस्ने प्रयास भइरहेको तर आफूले त्यस्तो हुन नदिने ट्रम्पले बताएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।

आफूहरुले टेक्सास, ओहायो र फ्लोरिडामा विपक्षीहरुले जित्न नसक्ने पहिला नै चाल पाइसकेकाले उनीहरु यो मुद्दा अदालतमा लैजाने प्रयासमा रहेको आरोप लगाए जनाईएको छ ।
नर्थ क्यारोलिनामा आफूले जित हासिल गरिसकेको भन्दै ट्रम्पले आफ्नो जित घोषणा गर्नुपर्ने माग गरेका छन् । ‘यो एक धोका हो, यो लज्जास्पद छ । हामीले चुनाव जितेका छौँ । हाम्रो लक्ष्य यसलाई लागू गर्नु हो । हामी अमेरिकाको सर्वोच्च अदालतमा जान्छौँ । मतदान सकिएपछि पनि भोट हाल्न दिन सकिँदैन ।’ ट्रम्पले भनेको समाचारमा उल्लेख छ ।