
पूर्णपुष्टि, साउन ३०
नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २५ हजार पाँच सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई सय ४० जना उपचिारपछि पनिको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको सङ्ख्या १७ हजार ७७ पुगेको छ ।
त्यस्तै नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्याय ९९ पुगेको छ ।
