Saturday, May 16News That Matters

राष्ट्रिय प्रसारणको विजुली ८६ प्रतिशत घरपरिवारमा पुग्यो

पूर्णपुष्टि, साउन ३०

राष्ट्रिय प्रसारण प्रणालीको विजुली देशका ८६.४४ प्रतिशत घरपरिवारमा पुगेको छ । देशको ८६.४४ प्रतिशत घर परिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विजुली पुगेको नेपाल विद्युत् प्राधिकरणको तथ्याङ्कले देखाएको हो ।

राष्ट्रिय ग्रिडमार्फत सबैभन्दा धेरै प्रदेश २ मा ९९.०२ प्रतिशत घरपरिवारमा र सबैभन्दा कम कर्णाली प्रदेशमा ३४.७४ प्रतिशत बिजुलीको पहुँच पुगेको छ ।

सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत राष्ट्रिय ग्रिड पुग्न नसकेका ठाउँमा सौर्य, लघु जलविद्युत् लगायतमार्फत पनि विद्युतीकरण गर्दै आएको छ । अहिले ९० प्रतिशतभन्दा धेरै जनसङ्ख्यामा बिजुलीको पहुँच पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा ६२.१६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो । चार वर्षभित्र २३.२८ प्रतिशतले बिजुलीको पहुँचमा वृद्धि भइ ८६.४४ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

आगामी साढे दुई वर्षभित्र हरेक नेपालीको घरमा बिजुलीको पहुँच पु¥याउने लक्ष्यका साथ विद्युतीकरण अगाडि बढाइएको जनाईएको छ । यसका लागि बजेटको जोहो भइसकेको जनाईएको छ ।

एसियाली पूर्वाधार लगानी बैंकले कम विद्युतीकरण भएका कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सहुलियतपूर्ण ऋण प्रवाह गर्दै छ ।

सरकारले २०७९ सालभित्र प्रत्येक घरधुरीमा विद्युत् सेवा पु¥याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत् खपतलाई सात सय युनिट पु¥याउने लक्ष्य राखेको छ ।

ग्रिड पु¥याउन सम्भव नहुने ठाउँहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु ऊर्जाको उपयोग गर्ने सरकारको योजना छ ।