Sunday, April 19News That Matters

पतिको कुटाईबाट महिलाको मृत्यु

पूर्णपुष्टि, असोज १०
आफ्नै पतिले कुटरे घाईते भएकी कोहलपुरकी एक महिलाको उपचरको क्रममा मृत्यु भएको छ ।
पत्नी हत्याको आरोपमा कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले बताए ।
असोज ८ मा प्रकाशले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी ३५ वर्षीया लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो । पत्नी हत्यामा संलग्न प्रकाशलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।