
पूर्णपुष्टि, असार २५ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समितिले एचटिपी खबरका पत्रकार दिवाकर शाहमाथि महोत्तरीको पूर्वाधार विकास कार्यालयमा दुव्र्यवहार गर्नेलाई कारवाहिको माग गरेको छ ।
बुधबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्य समितिका महासचिव शैलेन्द्र महतोले निकालेको प्रेस विज्ञप्तमा शाहमाथि भएको दुव्यवहारप्रति महासंघको ध्यानाकार्षण भएको भन्दै समाचार संकलनको क्रममा पत्रकारलाई यसरी अवरोध गर्न खोज्नु र धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप रहेको जनाएको छ । असार २३ गते राती पूर्वाधार विकास कार्यालयमा ठुलो रकमको चलखेल भईरहेको भन्ने सुचनाको आधारमा प्रहरी सहित रिपोर्टिङमा गएका शाहमाथि केहि व्यक्तिहरुले दुव्र्यवहार गरेका थिए ।
रिपोर्टिङ गर्न जानु अघि नेपाल प्रहरीका एक प्रहरी वरिष्ठ नायव निरिक्षक (सहि) लाई आफ्नो सुरक्षको जिम्मा लिनुहुन्छ भन्दा सुरक्षाको जिम्मा लिन्छु भनेर हवल्दार सहित गएका सही शाहमाथि दुव्यवहार भएपछि गायब भएका थिए । शाहसहित रिपोर्टिङमा गएका क्यामेरा मेनलाई कुटपिट समेत भएको थियो । दुव्यवहारपछि फेसबुक लाईभमा आएर जसोतसो त्याहादेखी फुत्किएका पत्रकार शाह जिल्ला प्रशासन कार्यालयको गेट अगाडी आएर प्रहरीले देखाएको भुमिकाबाट प्रहरीमाथिको विश्वास हटेको बताएका थिए ।
