Wednesday, June 10News That Matters

पत्रकार राजेन्द्र राईलाई दुव्र्यवहार गर्ने वडाअध्यक्षलाई तत्काल कार्वाहीको माग

पूर्णपुष्टि, माघ २९ गते । पत्रकार संग आबद्ध बिभिन्न संघ संगठनहरुले उदयपुरका पत्रकार राजेन्द्र राईलाई दुव्र्यवहार गर्ने वडाअध्यक्ष माथी तत्काल कार्वाहीको माग गरेको छ । अबैध खोला उत्खननको समचार संकलनको क्रममा चौदण्डीगढी नगरपालिका वडा नं ९ का वडाअध्यक्षले पत्रकार राईमाथी अमानवीय दुव्र्यवहार गरेको भन्दै घटनामा संलग्न अध्यक्ष प्रकाश राउतलाई तत्काल कार्वाहीको माग गर्दै प्रेस बिज्ञाप्तीहरु निकालीएको छ । शनिवार आदिवासी जनजाति पत्रकार माहासंघ ९फोनिज०, किरात राई पत्रकार संघ र तामाङ्ग पत्रकार संघले संयुक्त प्रेस बिज्ञाप्ती मार्फत कार्वाहीको माग गरेका हुन् ।

उदयपुरको चौदण्डिगढी नगरपालिका प्रवक्ता तथा वडा न. ९ का वडा अध्यक्ष प्रकाशकुमार राउतले मिति २०७९ माघ २४ गते स्थानीय खोलामा अबैध
रुपमा नदि दोहन भैरहेको विषयमा समाचार संकलनका लागि पुगेका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश न. १ का बरिष्ठ उपाध्यक्ष तथा गढी खबर दैनिकका कार्यकारी सम्पादक राजेन्द्र कुमार राई (दुष्ट) माथि गरेको दुब्र्यवहार प्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), किरात राई पत्रकार संघ उदयपुर र तामाङ्ग पत्रकार संघ उदयपुरको गम्भिर ध्यानाकर्षण भएको छ ।

समाजमा हुने विकृति विसंगतिको बिरुद्धमा खबरदारी गर्नु पत्रकारको दायित्व र पेशागत धर्म हो । आफ्नो कर्तव्य पालना गर्ने शिलसिलामा पत्रकारमाथि भएको यस किसिमको दुव्र्यवहारको घटना प्रति (फोनिज) उदयपुर, किरात पत्रकार र तामाङ्ग पत्रकार संघ घोर भत्र्सना गर्दछौे । जननिर्वाचित प्रतिनिधिबाट समाचार संकलनकै क्रममा अबरोध सृजना र दुब्र्यवहार हुनु दुःखद छ । घटनाका क्रममा पत्रकार राईको मोवाइल फुटेको र क्यामरामा समेत क्षती पुगेको छ । यसर्थ तत्काल घटनाको छानविन गरी क्षतिपुर्ति उपलब्ध गराउन र दोषिमाथि तत्काल कार्वाही गर्न यसै सयुक्त प्रेस बिज्ञाप्ती मार्फत सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ बिज्ञाप्तीमा भनिएको छ ।