Tuesday, May 12News That Matters

पदक प्राप्त खेलाडीहरुको विवरण उपलब्ध गराईदिन खेलकुद विकास समिति उदयपुरको आग्रह

पूर्णपुष्टि, चैत्र ८
उदयपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीहरुको विवरण कार्यालयमा उपलब्ध गराईदिन अनुरोध गरेको छ । बिभिन्न खेलहरुमा पदक पाएका खेलाडीहरुको विवरण उपलब्ध गराईदिन उदयपुर जिल्ला खेलकुद विकास समिति कार्यालयले बिभिन्न सम्बन्धित निकायहरुलाई सूचना मार्फत आग्रह गरेको छ । कार्यालयले सम्बन्धित सरोकारवाला कार्यालय, संघ संस्था, खेल प्रशिक्षक तथा खेलाडीहरुलाई सूचना गर्दै यथा सिघ्र विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

कार्यालय प्रमुख प्रकाश राम राईको हस्ताक्षर पत्र मार्फत खेलाडी विवरण उपलब्ध गराईदिन अनुरोध सहित सूचना प्रकाशन गर्दै विवरण उपलब्ध गराउन सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ ।
पत्रमा सबै खेलका राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक पाएका र राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता तथा उप–राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक पाएकाहरुको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । विवरणका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताबाट प्राप्त प्रमाण पत्रको प्रतिलिपि र खेलाडीको नेपाली नागरिकता प्रतिलिपि वा जन्म दर्ताको प्रमाण पत्र प्रतिलिपि वा शैक्षिक प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रहेको कार्यलय प्रमुख राईले जनाए ।