
पूर्णपुष्टि, भदौ १५
मलेसियाले विदेशी पर्यटकका लागि लगाएको प्रतिवन्ध थप लम्ब्याएको छ । कोरोना महामारी फैलिएको देशबाट आउने पर्यटकको प्रवेशमा सन् २०२० को अन्तिमसम्म प्रतिबन्ध लम्ब्याएको हो ।

मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको आवागमन प्रतिबन्ध पनि लम्ब्याउँदै पर्यटकको प्रवेशमा पनि निषेध लगाएको अन्तराष्ट्रिय संचारमाध्यहरुले जनाईएको छ ।
विश्वभर कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेकाले अन्तरदेशीय आवतजावतमा निषेध गरिएको मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले बताएको जनाईएको छ । मलेसियामा पनि विस्तारै सङ्क्रमण बढिरहेकाले थप सतर्कता अपनाउनुपर्ने जनाईएको छ ।
सावधानीका साथ मलेसियामा आर्थिक गतिविधि भने सञ्चालन भइरहेको छ । व्यापार र स्कुलहरु खुलेका छन् । दैनिक क्रियाकलापमा प्रतिबन्ध भन्दा नाइटक्लब र मनोरञ्जन केन्द्रहरु र अन्तर्राष्ट्रिय खेलहरुमा भने मलेसियाले प्रतिबन्ध लगाएको छ ।
मास्क अनिवार्य लगाउनुपर्ने, दूरी कायम गर्नुपर्ने, सेनिटाइजर लगाउनु पर्ने लगायतका नियमहरु मलेसियाले कडाईका साथ कार्यान्वयन गरेको छ । मलेसियाले सीमाहरु पनि बन्द गरेको छ भने प्रवेश गर्नेहरुलाई क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ ।
मलेसियामा अहिलेसम्म ९ हजार तीन सय ३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ९ हजार ४८ जना निको भईसकेको जनाईएको छ । अहिले एक सय ६० जना अस्पतालमा उपचार गराइरहेका छन भने अहिलेसम्म एक सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको जनाईएको छ ।
