Monday, June 29News That Matters

वीरगञ्जमा उपचारपछि ३७ जना कोरोना सङ्क्रमण मुक्त

पूर्णपुष्टि, भदौ १५

वीरगञ्जमा उपचारपछि ३७ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्केका छन् ।

नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डक, वीरगञ्ज हेल्थ केयर, सामुदायिक आइसोलेशन सेन्टर र होम आइसोलेशनमा रहेकामध्ये हिजो बेलुका ३७ जना डिस्चार्ज भएको जनाईएको छ ।

योसँगै पर्सामा कोरोना सङ्क्रमणलाई जितेर घर फर्किनेको संख्या ६ सय ८४ पुगेको छ । वीरगञ्जको २ वटा कोभिड अस्पतालमा ९८ जनासहित होम आइसोलेशनमा ९ सय ८४ जना सङ्क्रमित रहेको जनाईएको छ ।