Tuesday, June 9News That Matters

पर्यटक आकर्षका लागि त्रिनपा १५ ले लालिगुराँसको संरक्षण गर्ने

विक्रम राई
पूर्णपुष्टि, ८ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १५ नगरको ३ पहाडी पालिकाहरु मध्य एक हो । यो वडा जिल्लाको प्रमुख पर्यटक तथा धार्मिक स्थल रौता पोखरी सँग जोडिएको छ । रौता पोखरी पर्यटनका लागि अतिनै बिकसीत स्थल हो । यस ठाउँमा आन्तरिक तथा बाह्रय पर्यटकहरु मेलामहोस्वमा भरिभराउनै हुने गर्छ । बाँकी समयमा पनि पुजा पाठ र घुमफिर गर्ने पर्यटनहरु कहिले टुट्दैन् । यहाँ विदेशी पर्यटनहरु पनि पछिल्लो समय धमाधम भित्रिदै छ । यस ठाउँमा पाईने लालिगुँरास पर्यटकको आकर्षणको केन्द्र विन्दु हो ।

पछिल्लो समय यहाँको लालिगुँरास लोपन्मुख हुँदै गएको छ । स्थानीयहरुले दाउरामा प्रयोग गर्न थालेपछि यहाँको लालिगुँरास मासिदै गएको अवस्था छ । पर्यटका लागि मात्र नभई नेपालको राष्ट्रिय फुलकै हैसियदमा रहेका लालिगुँरास जोगाउन त्रियुगा नगरपालिका १५ नं वडा लागि पर्ने जनाएको छ । रौता पोखरी जिल्लाको रौतामाई गाउँपालिकामा पर्ने भएपनि पर्यटनहरु छिर्ने मुख्य गन्तव्यले भने त्रियुगा नगरपालिकाको १५ नं वडाको सबै भुभाग ओगटेको छ । गाईघाट देखी करिब ४३ किलोमिटरमा रहेको रौता पोखरी, त्रियुगा नगरपालिका १४ का केही भाग र बाँकी सबै भुभाग १५ नं को रहेको छ ।

रौता पोखरी छेउ सम्मै रहेको त्रियुगा नगरपालिकाको सिमाना १५ नं वडाको अन्तिम सिमा क्षेत्र हो । त्यस यता त्रियुगा नगरपालिका र उता रौतामाई गाउँपालिका पर्छ । १६ ओटा वडा रहेको त्रियुगा नगरपालिकाको तीन पहाडी पालिका मध्ये यस वडाले नगरकै पर्यटकीय विकासको नेतृत्व गर्छ । यो नगर भित्रकै अन्य वडा भन्दा पर्यटनको हिसावले निकै सम्भावन बोकेको वडा पनि हो ।
यो वडा त्रियुगाको सबै भन्दा उच्च अनि लेख पनि पर्दछ । यस हिसावले पनि यहाँको भुगोल, बन जंगल, रहन सहन संस्कृतिहरुमा विविधता छ । यहि विविधताको कारण नै यो ठाउँ पर्यटनको आकर्षण बनेको हो । यहाँ पर्यटनको आकर्षणको मुख्य कारणहरु मध्य एक नेपालको राष्ट्रि फुल लालि गुँरास हो ।

तराईबाट यस ठाउँमा आउने पर्यटकहरुले लालिगुराँस सँग अत्यादिक रमाउने र प्रफुल्ल हुने गर्छ । लालिगुँरासमा फोटो खिच्ने, टिकटक बनाउने, सजावटका लागि फुल टिप्ने र औषधीको रुपमा समेत पर्यटकहरुले लालिगुँरास रुचाउने गर्छ । लालिगुँरास सँगै यहाँ सल्ला, घँगरु जस्ता अन्य महत्व र बिविधता बोकेको बोटविरुवाहरु पनि छन् । त्रियुगा नगरपालिको १५ नं खाँवु, रानीवास, डहर, भाँझभिर र अधेरी हुँदै पुगिने रौता पोखरीको बाटैभरी लालीगुँरास पाईन्छ । यहाँ चैत्र बैशाखमा अत्यादिक पर्यटकहरु भरिभराउ हुन्छ किनकी त्यो बेला लालिगुँरासहरु प्रसस्तै फुलेर जंगल रातम्मै हुने गर्छ । हरियो वनले अचानक रँग फेरेर रातोमा परिणत हुँदा त्यसैमा रमाउन पर्यटकहरु उक्लिन्छन् । तर पछिल्लो समय लालिगुँरास संरक्षणमा त्यहाँको स्थानीयहरु सचेत छैन् । लालिगुँरासको दाउरा काट्नाले विस्तारै यसको बोट विरुवाहरु मासिँदै गएको अवस्था छ । यसले गर्दा पर्यटकहरुको आत्मावनोवल र त्यहाँ पुग्ने जाँगरहरु पनि कम्जोर बन्दै गएको स्थिति छ । यसै समस्यालाई समधान गर्न १५ नं वडा गुराँस संरक्षण्मा लागि परेको देखिन्छ ।

त्यस वडाका वडाअध्यक्ष गणेश तिमिल्सिनाले वडाको बजेटले लालिगुँरास संरक्षण गर्ने जनाए । वडामा प्राप्त हुने बजेटहरु अति कम हुने र प्रसस्तै लगानी गर्न नसकिने भएको अवस्थामा पर्यटन प्रवद्र्धनका लागि लालिगुँरास संरक्षणका लागि भने बजेट तयार गर्ने जनाए । ‘लालिगुँरास फुल्ने क्षेत्रहरु १५ नं वडाको मात्रै नभई त्रियुगा नगरपालिकाकै गौरव हो’ “यसले त्रियुगा नगरभरिकै पर्यटन क्षेत्रको नेतृत्व गर्छ” ‘अध्यक्ष तिमिल्सिनाले भने, उनले त्यस ठाउँमा भएको लालिगुँरासको संरक्षण सँगै अन्य रंगहरुमा पाईने बिभिन्न खालको लागिगुँरासहरु समेत ल्याएर रोप्ने जनाए ।
कयौँ लगानीमा नेपालका बिभिन्न स्थानहरुबाट गुराँस हेर्नकै लागि पुग्ने तेह्रथुको तिनजुरे वसन्तपु, खोटाङको टेम्के लगायतका ठाउँ जस्तै यसठाउँलाई पनि फरकफरक प्रजातिका गुँरासहरुको केन्द्र बनाई पर्यटन विकासमा दिर्घकालीन सोँच वडाको रहेको अध्यक्ष तिमिल्सिनाको भनाई छ ।