पूर्णपुष्टि, भदौ २५
बागमती प्रदेश सरकारले पर्यटन व्यवसायको इजाजत पत्रको नवीकरण गर्ने मिति पर सारेको छ । प्रदेशमा दर्ता हुने पर्यटन सम्बन्धि व्यावसायको ईजाजत पत्रको नविकरण गर्ने मिति कात्तिक मसान्तसम्म गर्न सकिने गरी म्याद थप गरेको हो ।
कोरोना भाइरसको महामारीले लकडाउन र निषेधाज्ञाका कारण कार्यालयहरु बन्द रहेकाले व्यवसायीले इजाजत नविकरण गर्न पाएका छैनन् ।
बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षको चैतयता दर्ता नवीकरण हुन नपाएका कम्पनीहरुको दर्ता कात्तिक मसान्तसम्म गर्न सकिने गरी समय थप भएको छ ।
यो अवधिसम्म दर्ता नवीकरण गरेमा नवीकरणमा लाग्ने जरिवाना र विलम्ब शुल्कमा छूट दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ । सामान्यतया आर्थिक वर्ष सकिनु अगाडि नै व्यवसायको इजाजत नवीकरण गरिसक्नु पर्छ ।
प्रदेश सरकारले तीन तारे होटेलदेखि तलका सबै प्रकारका होटेल, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ लगायतका व्यवसाय प्रदेशबाट इजाजत लिने तथा नवीकरण हुने गरी हस्तान्तरण गरेको छ । यसअघि यी व्यवसाय पर्यटन विभागमै दर्ता हुने गरेको थियो ।

