
पुर्णँपुष्टि,भाद्र २५
विश्वमा कोरोना संक्रमणबाट नौं लाख भन्दा बढी मानिसको मृत्यु भएको छ ।अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौं लाख दुई सय ३९ पुगेको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले जनाएको हो ।

विश्वमा कोरोना संक्रमितको संख्या करिब दुई करोड ७७ लाख पुगेको छ भने संक्रमितमध्ये एक करोड ८६ लाखभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् ।

