
पूर्णपुष्टि, असार ४ गते ।
पर्वतमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कुस्मा नगरपालिकाका र फलेबास नगरपालिका २\२ जना र मोदी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।
कुस्मा नगरपालिका–१२ का ४२ वर्षीय पुरुष र १३ न. वडाका २० वर्षीया महिला, फलेबास नगरपालिका २ का ३७ र ३० वर्षका पुरुष र मोदी गाउँपालिका ६ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
