
सुनसरी, असार ४ गते ।
सुनसरीमा सादा पोशाकको प्रहरी हुँ भन्दै ब्यापारीहरुसंग रकम असुली गर्ने १ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
हरिनगर गाउँपालिका–२ का ब्यापारीहरुलाई बिभिन्न डर त्रास देखाई गैह्र कानूनी रुपमा रकम असुली गरिरहेको भन्ने सूचना प्राप्त भएसंगै मंगलवार दिउँसो प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका–५ का २३ बर्षीय असरार अहमद मियालाई पक्राउ गरेको हो ।
यसरी प्रहरीको बदनाम गरी स्थानीय ब्यापारीहरुसंग गैह्र कानूनी तवरले रकम असुली गर्ने मियाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।
