Friday, May 22News That Matters

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ५० हजार नाघ्यो

पूर्णपुष्टि, असार ४ गते । 

विश्वको विभिन्न देशमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या ४ लाख ५० हजार नाघेको छ ।

विश्वका २ सय १३ देश र २ वटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना भाईरस संक्रमणबाट अहिलेसम्म ४ लाख ५१ हजार २ सय ६३ जनाले मृत्यु भएको जनाईएको छ ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ८४ लाख पुगेको छ । संक्रमितमध्ये ४४ लाख १४ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।

यसैबीच भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ६७ हजार पुगेको छ । संक्रमितमध्ये १ लाख ९४ हजार निको भएका छन् भने १२ हजार २ सय ६२ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ ।