Monday, June 29News That Matters

पर्साको एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ ९

पर्साको एक जना पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको अस्थायी कोभिड विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

जिराभवानी गाउँपालिका–४ का ६८ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरिएको थियो ।

स्वाव परीक्षणको रिपोर्ट हिजो बेलुकी आएको थियो । सोही रिपोर्टमा कोरोना सङ्क्रमण पोजेटिभ आएको जनाईएको छ ।