
पूर्णपुष्टि, बैशाख २३
पर्सामा राती २ राउण्ड गोली चलेको छ । जिल्लाको सखुवाप्रसौनी उँपालिका– १ औराहामा आज राति करिब साढे ९ बजेतिर गोली चलेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले गोली कसले र किन चलायो भन्ने नखुलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा गोलीजस्तै फलामको टुक्रा भेटिएको छ । चामलको बोरामा प्वाल परेको रहेछ । राजनैतिक हैसियत भएको मान्छे पनि हैन सामान्य परिवार छ,’ डीएसपी खनालले भने, ‘अनुसन्धान भइरहेको छ ।’
