
पूर्णपुष्टि, चैत २५ गते ।
चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत एक २७ वर्षीया छात्राको शव जंगलमा फेला परेको छ । भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी नीला राई बिहिबार गोकर्णेश्वर नगरपालिका–३ जगडोल बन कार्यालय नजिक जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
पशुपति क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत राईको बायाँ हातको नाडीमा ब्लेडले काटेको डोब देखिएको छ । निलाको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनी काठमाडौं महानगरपालिका–६ कपन स्थित सरस्वतीनगर बस्दै आएकी थिइन् ।
घटनास्थलमा ब्लेड र विषको बट्टा भेटिएको प्रहरीले जनाएको छ । रुखहरूमा पनि रगत लतपतिएको छ । घटनाबारे महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको एसपी मैनालीले बताए ।
