
पूर्णपुष्टि, १६ जेष्ठ ।
कोशी प्रदेश नामाकरण पश्चात असनतुष्ट रहेका पहिचान पक्षको आन्दोलनले कोशी प्रदेश तनावमै छ । यसको विरोध गर्दै पहिचान सहितको नामाकरण माग्ने क्रममा पहिचान पक्षका एकजनाले ज्यान पनि गुमाईसकेको अवस्था छ । बिराटनगरमा भएको प्रदेश पून ः नामाकंन संघर्ष समितिको आन्दोलनमा प्रहरी सँगको झडपमा परी लाजेहाङ लिम्वुको ज्यान गैसकेको अवस्था छ ।
आन्दोलनकै क्रममा कायौँ घाईते छन भने केही हिरासत र केहीलाई मुद्धा चलाएर अनुसन्धान भैरहेको छ । यता पहिचान पक्षधरले ठाउँठाउँमा कोशी प्रदेश नाम गरेको लेटरप्याड, बोर्ड र छापहरु समेत तोडफोड गरिरहेको छ । बिराटनगरलाई केन्द्र बनाएर धर्ना र आन्दोलन थप चर्काईरहेको अवस्था छ भने सांसदहरुलाई गाउँ छिर्न रोक लगाउने अभियान चलिरहेको छ । यस्तो समस्या र जनताहरुको अधिकारमा आधारित मागलाई वार्ता मार्फत टुंगो लगाउनु पर्ने माग सहित सांसदहरुले संसंद बैठकमै कुरा उठाएको छ ।

कोशी प्रदेशको दोस्रो संसद बैठकको क्रममा सांसद गणेश उप्रेदीले लोगो र आईडी कार्ड गोजिमा लुकाएर सांसद बैठक आईपुगेको जनाए । उनले कोशी नामाकरण पश्चात मुख्यमन्त्री पनि पहाडी क्षेत्रमा उक्लीन नसकेको अवस्था समेत सुनाए । मुख्यमन्त्री र प्रदेश सरकारलाई प्रश्न गर्दै सांसद उप्रेदीले बाहिर आन्दोलन गरिरहेका जनताहरु यहि प्रदेशका हुन् ? यदि यहि प्रदेशको हो भने उनिहरुको कुरा सुन्ने या नसुन्ने भन्दै प्रश्न गरे । उनले प्रक्रियागत आधारमा बहुमतले प्रदेश नामाकरण गरे पनि जनताहरु असन्तुष्ट रहेको जनाए । आन्दोलनकारी जनताहरु सबै सुर्य, रुख र हसिया हथौडामा अधिकांस भोट हाल्नेहरु नै रहेको उनले जनाए । उनले यो समस्यालाई बार्ता मार्फत सहज गराउन प्रदेश सरकारको ध्यानाकर्षण समेत गराए । यस्तै सांसद गोपाल तामाङले प्रदेश सरकारको बजेट अधिवेशनको दोस्रो बैठकमा उपस्थिति हुन मुस्कीले परेको जनाए । उनले आफु ८ बजे देखीनै संसद हल भित्र छिरेर बैठकमा सहभागी हुने मानसिकतामा पुगेको जनाए । उनले यस्तो अवस्था कस्ले सिर्जना गर्यो भन्दै प्रदेश सरकारलाई सोधेका छन् । उनले यो समस्याका जिम्मेवार पक्षले किन हल नगरेको भन्दै प्रश्न समेत गरे ।
यस्तै अर्का सांसंद गोविन्द गिरीले पनि आन्दोलनकारीलाई दमन गर्नुका सट्टामा वार्ताबाट समधान खोज्नु पर्ने जनाए । उनले वार्ता टोली तत्काल खडा गरी समधान गर्न सुझाए । सांसद गोम्वु शेर्पाले भोली आन्दोलनको विकारल रुप रोक्न हालसालै प्रदेस सरकार जिम्मेवार बन्न सुझाए । बैठकमा सहभागी सांसद विनोद राईले सुरक्षाकर्मीहरु तातो घाममा बख्खु लगाएर सुरक्षा गरिरहँदा पनि आफुहरुलाई भित्र छिर्न गाह्रो भएको जनाए । उनले वार्ताबाट आन्दोलन पक्षलाई नसमेटे कोशी प्रदेश अध्याँरो तर्फ समृद्धि बिहिन हुने जनाए । सांसद शोभा चेम्जोङले संघियताको पक्षमा प्रारम्भीक कालबाटै आन्दोलन गर्ने पक्षहरुले मुल मुद्धानै बनाएर पहिचानको आन्दोलन गरेको जनाईन् । उनले पहिलो खुड्कीलामै प्रदेशको नामाकरण गरी जस लिन खोजेको प्रदेश सरकारले जनताको भने चित्त बुझाउन नसकेको जनाईन् । ऐतिहाँसिक पृष्ठ भुमिको आधारमा जनताहरुले प्रदेश नामाकरणको माग गरिरहेको अवस्थामा सरकारले पुरा नगर्दा अहिले आन्दोलनहरु चर्किरहेको र बिभिन्न घटनाहरुले पनि स्थान पाईरहेको जनाए । आन्दोलनकारी पनि अन्य ठाँको नभै यसै प्रदेशको भएकाले वार्ता र छलफल मार्फत समधान गर्न सरकारलाई उनले दवाव दिईन् ।
यीनै समस्याहरुका बाबजुद प्रदेश सरकारले पहिचान पक्षधारहरुलाई वार्ताको लागि आह्वान पनि गरेको छ । प्रदेशले बिज्ञाप्ती मार्फत छलफलमा आह्वन गरेका छन् । शान्तिपूर्ण ढंगबाट गरिने बिरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजवुद बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्दछ । यहि सन्दर्भमा नामाकरणको बारेमा रहेको आफ्ना विमतीहरुलाई शान्तिपूर्ण रुपमा राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादको माध्यमवाट निकाश खोज्न सम्वन्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ, बिज्ञाप्तीमा उल्लेख छ । कोशी प्रदेश सरकारका प्रवक्ता समेत रहेका उद्योग कृषि तथा सहकारी मन्त्री भक्क्त प्रसाद सिटोला हस्तक्षर विज्ञाप्तीमा छलफलका लागि आह्वान गरिएको छ उक्त कुरा उल्लेख गरिएको छ ।

