
पूर्णपुष्टि,जेष्ठ ३२ । हेटौडा–काठमाडौ जोड्ने दुई वटा राजमार्गमा गए राति परेको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधवार रातिको समयमा परेको वर्षाको कारण ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ जोड्ने हेटौँडा कुलेखानी सिस्नेरी सडक खण्ड अवरुद्ध भई यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । दुवै सडक-खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौँ हेटौँडा आवत जावत गर्नै सवारी साधनहरू बाटोमै रोकिएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुबै सडक खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाए लगत्तै सडक सञ्चालनमा ल्याइने उनले बताए । हेटौँडाबाट काठमाडौँ आवत जावतका लागि वैकल्पिक सडकको प्रयोग गर्न उनले आग्रह गरेका छन् ।
