Tuesday, April 21News That Matters

श्रीमानको कुटपिटबाट वडा सदस्यको मृत्यु

पूर्णपुष्टि, जेष्ठ ३२ । श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ की ज्ञानी बिक रहेकी छिन् ।

जेठ २९ गते घरायझी झगडाहुँदा श्रीमान् शम्भु बिकको कुटपिटबाट ज्ञानी गम्भिर घाईते भएकी थिईन् । ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।

ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । मृतक ज्ञानी दलित महिला वडा सदस्य हुन् । उनी अघिल्लो कार्यकालमा समेत सदस्यमा निर्वाचित भएकी थिईन् ।