Tuesday, April 21News That Matters

पहिरोमा पुरिएर ३ जनाको मृत्यु

पूर्णपुष्टि, जेठ ३२ गते ।

पर्वतको कुश्मामा पहिरोमा परि ३ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमा गगराती आएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको हो भने ६ जना वेपत्ता हुन् ।

भीषण वर्षासँगै आएको परिहोमा स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो । तुलबहादुर, उनको श्रीमती नीलकुमारी थापा र छोरीतर्फकी नातिनी १० वर्षीय विविशा थापाको शव भेटिएको प्रहरीले जनाएको छ ।

वर्षा र अध्यारोले खोजी गर्न कठिन भएकाले विहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा खोजीकार्य जारी राखिएको जनाईएको छ ।

बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

२ घरमा रहेका तुलबहादुरका छोरा, २ नाती र कमला विकको घरका उनी सहित ३ जना वेपत्तँ रहेकाले खोजी कार्य जारी राखिएको जनाईएको छ ।