
भदौ १५ गते ।
जाजरकोटको भेरीमा पहिरोले घर पुरिदा एक आमा सहित दुई जना छोरीको मृत्यु भएका छन् । भेरी नगरपालिका– २, तिमिले निबासी दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो ।
घरमा सुति रहेको अवस्थामा राती करिब १:४५ बजे अचान घरमाथीबाट आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, ९ वर्षीया मोतीकला वली र ३ वर्षीया धनसरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेकाले बाँच्न सफल भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेका उद्धार टोली र सशस्त्र प्रहरी बलले उद्दार गरिरहेको प्रहरीले जनाएको छ ।
