
भदौ १५ गते ।
अमेरिकाको टेक्सासमा बन्दुक आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने दर्जनौ घाईते भएका छन् । एल पासोको घटना सेलाउन नपाउदै टेक्सासका पश्चिमी शहर ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण भएको हो ।
गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र करिब १६ घाइते भएको टेक्सासका प्रहरीले जनाएको छ । घाईतेहरुको ओडेसाको अस्पतालमा उपचार भईरहेका छन् ।
बन्दुक आक्रमणमा २ वर्ष मुनिका बच्चा समेत परेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएको छ । बन्दुकधारीले सबैभन्दा पहिला तिनीहरु चढेको गाडी रोक्ने ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । अन्दाजी ३० वर्षीय बन्दुकधारी त्यसपछि हुलाक सेवाका ट्रक नियन्त्रणमा लिएर मिडल्यान्ड नगरतर्फ हुइँकिएका थिए ।
