Sunday, May 24News That Matters

पहिरोले घर पुर्दा १ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ २३

कास्कीमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । रुपा गाँउपालिका–६ मा पहिरोले घर पुरिँदा २० वर्षीया सिर्जना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सोमबार रातिदेखि परेको पानीले आज बिहान ४ बजेतिर काजीबहादुर विकको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

पहिरो आएको थाहा पाएर घरका अरु सदस्य घर बाहिर निस्किन सफल भएकोले उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।