Tuesday, June 9News That Matters

‘अब अर्को महामारीका लागि तयार हुनुपर्छ’

काठमाडौँ, २३ भदौं —विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।

उनले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए । डब्लूएचओको मुख्यालय जेनेभामा सोमबार भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा महानिर्देशक डाक्टर टेड्रोसले अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

स्वास्थ्य भनेको विलासिताको बस्तु होइन । यो आवश्यकताको कुरा हो र यो एउटा मानव अधिकार रहेको उनले बताए । महानिर्देशक डाक्टर टेड्रोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको उनले भनाई छ ।

अब अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्ने र केही देशले मेडिसिनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउँदै महानिर्देशक टेड्रोसले धेरै देशले भने आधारभूत जनस्वास्थ्यका क्षेत्रमा पनि हेलचेक्य्राइँ गरेको बताएका छन् । उनले कोरोना नियन्त्रण तथा रोकथाममा कम्बोडिया, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, रुवान्डा, सेनेगल, स्पेन, भियतनामलगायतका देशले प्रभावकारी कदम चालेको बताए । महामारी नियन्त्रणका विषयमा जर्मनीबाट पनि धेरै कुरा सिक्न सकिने उनले बताए ।