Wednesday, June 3News That Matters

पहिलो पटक नेपाली महिलाद्वारा अन्नपूर्ण हिमाल आरोहण

बैशाख ३ 

पहिलो पटक नेपाली महिलाहरूले अन्नपूर्ण हिमाल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक कम्पनीमार्फत आरोहणमा गएका पाँच जना महिलाले शुक्रवार दिउँसो अन्नपूर्ण हिमालको सफल आरोहण गरेको कम्पनीले जनाएको छ ।

माया शेर्पा, डावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, दावा याङ्जुम शेर्पा र पूर्णिमा श्रेष्ठले हिमाल सफल आरोहण गरेको जनाएको छ ।

त्यस्तै आरोहण दलमा रहनुभएकी शर्मिला स्याङ्तानको आरोहण सफल भए÷नभएको बारेमा जानकारी आइनसकेको जनाएको छ ।

यो आरोहण सन् २०२१ को वसन्त ऋतुको पहिलो आरोहण हो ।